बूढानीलकण्ठको एक घरमा प्रहरीले छापा हान्दा २३ जना पक्राउ
काठमाडौ, २८ माघ । बूढानीलकण्ठको एक घरमा छापा हानेर प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ छापा हान्दा पक्राउ पर्नेको संख्या २३ पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा, क्रिप्टो लगायत कारोबार गरेको आरोपमा छापा हानेको थियो ।
भारत बिहार राज्य बाका घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई पक्राउ गरिएको परिसरका एसएसपी विश्व अधिकारीले बताए ।
प्रहरीले उनीहरूलाई नगद ८१ हजार रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल ८८ थान र ल्यापटप १० थान सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्