प्रधानमन्त्री ओली प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप
काठमाडौ, २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् ।
सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन् ।
विगतमा दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजीको प्रयास भएको उनले बताए ।
देश र जनताको आवश्यकताका आधारमा आफूले संविधान संशोधनको प्रस्ताव लैजाँदा ओलीले नै रोकेको प्रचण्डको जिकिर छ । मधेशमा भएका दलको मागअनुसार यसअघि पनि आफूले संविधान संशोधनको प्रयास गरेको उनले बताए ।
अहिलको सरकार सुशासनविरुद्ध चलेको अभियान रोक्नका लागि बनेको भन्दै प्रचण्डले सरकारबाट राम्रा कुराको आशा गर्न नसकिने टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्