सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफामा उल्लेख्य सुधार, इपीएस पनि बढ्यो
काठमाडौं,२८ माघ । सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्सुरेन्सको खुद नाफा बढेको छ ।
समिक्षा अवधिको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्सुरेन्सले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा ८६.७८ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो । एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी २८.३३ प्रतिशतले बढेर ९५ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ७४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन २३.६९ प्रतिशतले बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसाले बढेर ११ रुपैयाँ ७३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा छ ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यस कम्पनीको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्