दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना, चालक र एक विद्यार्थी गरि दुईको मृत्यु

काठमाडौं,२७ माघ । विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुघर्टनामा घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । घटना काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा भएको थियो । दुर्घटनामा घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आज दिउसो साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइते भएका छन् ।

घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचार वयोदा अस्पतामा ५, नगर अस्पताल दक्षिणकालीमा ३, कीर्तिपुर अस्पतालमा ५, शहीद अस्पतालमा ३, ट्रमा सेन्टरमा १२, मेडिसिटी अस्पतालमा ७, मनमोहन अस्पतालमा ५ र नर्भिक अस्पतालमा १ उना घाइतेहरूको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्