आइपिएलमा शीर्ष चारमा पर्ने सम्भावना कुन टिमको वढि
काठमाडौ । जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा अहिले सबैको ध्यान एउटै कुरामा केन्द्रीत छ त्यो के भने अब कुन टिम शीर्ष चार भित्र पर्छन् र पर्ने सम्भावना कुन टिमको बढि छ सबैको चासोको विषय भएको छ । अव शीर्ष चार भित्र मध्य २ टिमको टुंगो लागिसकेको छ । बाँकी दूई टिमको टुंगोको लागि भने अन्तिम खेलपछि मात्र थाहा हुन्छ ।
हरेक सहभागी टिमले १४ खेल खेल्दैछन् भने अहिलेसम्म सबै ८ ओटै टिमले लगभग १३ खेल पुरा गरिसकेका छन्।
शीर्ष स्थानमा रहेका सनराइजर्स हैदारावाद र चेन्नई सुपर किङ्स अन्तिम चार भित्र परिसकेका छन् भने दिल्लीडेयरडेभिल्स अन्तिम चारमा नपर्ने भएको छ । बाँकी ५ टिमहरु कोलकोता नाइट राइडर्स, मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाब को प्लेअफ सम्भावना उत्तिकै छ । यी टिमहरु क्रमशः तेश्रो चौथो पाँचौ छैठौं र सातौ स्थानमा छन् । सबै टिमले १३/१३ खेल खेलिसकेका छन् । जसमा कोलकोता नाइट राइडर्स ७ जितमा १४ अंक सहीत तेश्रोमा रहेकोले शिर्ष चारमा स्थान बनाउन सक्ने लगभग पक्का छ । बाँकी सम्भावीत टिमहरुको समान ६ जितसहित १२÷१२ अंक बटुलेका छन् । सबै टिमलाई १४ अंक बटुल्ने मौका छ । राम्रो रन रेटका आधारमा अन्तिम चारमा प्रवेश गर्ने टोलीको छनोट हुनेछ ।
यसमा बिहिवार रोएल च्यालेञ्जरर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई १४ हराउँदै प्लेअफ सम्भावना कायमै राखेको छ । पछिल्लो समय आरसिवि को ब्याटिङ र बलिङमा राम्रो सुधारात्मक परिवर्तन भएको छ । अव अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नलाई पाँच खेलबाट थाहा हुन्छ । आज हुने खेलमा प्लेअफको मौका गुमाएको दिल्ली विरुद्ध चेन्नईको छ त्यसबाट कुनै फरक नपर्ने भएको छ । आज चेन्नईले दिल्लीलाई हराए शीर्ष स्थानमा पुग्ने मौका पाउनेछ। यता दिल्लीले पनि चौथो जितको खोजिमा रहनेछ।
अव भोली शनिबार हुने खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्छदैछन् । यो खेलमा गर या मरको अवस्था हुनेछ जुन टिमले हार्या त्यो टिम अन्तिम चारवाट बाहिरिनेछन् । त्यस्तै कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद पनि शनिबारनै खेल्दैछन् त्यसमा कोलकाताले जिते ऊ अन्तिम चारमा छानिनेछ हारेमा बाँकी खेल अनुसार हुन्छ ।
अर्को खेल सोमबार दिल्ली र मुम्बई भिड्नेछन् । उक्त खेलमा मुम्बई पराजित भए प्लेअफको चक्कर समाप्त हुन्छ । जित्यो भने अरूको खेलमा भर पर्नेछ । प्लेअफमा स्थान बनाउनको लागि अन्तिम खेल चेन्नई सुपर किङ् र किंग्स इलाभेन पञ्जाबको हुन्छ । पञ्जावको लागि भने जित्नैपर्ने दवाव छ र हारेमा प्लेअफको दौड समाप्त हुन्छ ।
प्रतिक्रिया दिनुहोस्