नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

काठमाडौं,२७ माघ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समान्य बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १२.२६ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.३५ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेको छ भने कुल खर्च १५.१० प्रतिशत बढेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी सामान्य बढेको छ । यस अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९९ पैसा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७०.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ।

यस इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ । यसको महाविपत्ती कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्