खानेपानी मन्त्रालयको आगो नियन्त्रणमा, तीनवटा कोठामा रहेको भौतिक संरचना सहित कागजातसमेत जलेर नष्ट

काठमाडौँ, २६ माघ। सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा गलागीहुँदा थो तलाका तीनवटा कोठामा क्षति भएको छ । मन्त्रालयको तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको छ ।

सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिएको बताए ।

क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।

चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । अरु कुन/कुन कार्यकक्ष थियो भन्ने खुलेको छैन ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो ।

उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्