सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ, २६ माघ। सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । आज बिहान ९ः०० बजे मन्त्रालयमा आगलागी भएको हो ।

आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गङ्गा पौडेलले जानकारी दिए । आगलागीको कारण भने खुल्न सकेको छैन । आगा निभाउन प्रयास भईरहेको प्रहलरीले जनाएको छ । आगो के काराणले लाग्यो भन्नेमा प्रहरीले अनुसन्धान गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्