अरुण भ्याली हाइड्रोपावरको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

काठमाडौैं,२५ माघ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३४.९८ प्रतिशत बेसी हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेको र कुल खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड १२ लाख रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४१.२६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड २० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८६२.६५ प्रतिशत बढेको छ भने कुल आम्दानी २३.७७ प्रतिशत बढेको छ । कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा ३६.८६ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीले यस्तो आम्दानी ७ रुपैयाँ ६० पैसा बढेर १० रुपैयाँ ९ पैसा पुर्याएको छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ अनि मूल्य आम्दानी अनुपात २४.६५ गुणा रहेको छ ।

३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २२ करोड २ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्