आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २५ माघ। संंघीय संसद अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअन्तर्गत बिहान ८ बजेबाट शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ ।

बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्