आहारारा पोखरा गोल्डकपः संकटा क्लबले आज भारतको थण्डरबोल्टसँग प्रतिष्पर्धा गर्दै
काठमाडौं, २५ माघ। काठमाडौंमा जारी २४औं आहारारा पोखरा गोल्डकपको अन्तिम प्रिक्वाटरफाइनलमा आज पूर्व विजेता संकटा एफसीले भारतको थण्डरबोल्ट युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २स्३० बजे सुरु हुनेछ ।
सिक्किमको थण्डरबोल्ट पहिलो पटक आहारारा पोखरा गोल्डकप खेल्न पोखरा आएको हो । संकटाले केही दिनअघि काठमाडौंमा भएको प्रथम सभापति कप फुटबलको उपाधि जितेको थियो ।
गोलकिपर कप्तान दिप कार्कीको कप्तानीमा रहेको संकटामा दिपसहित अनुभवी खेलाडी र युवा खेलाडीहरुको मिश्रण छ भने विदेशी खेलाडीहरु पनि छन् ।
संकटा र थण्डबोल्ट युनाइटेडको खेलपछि प्रि क्वाटरफाइनलका खेलहरु सकिनेछन् र क्वाटरफाइनल समिकरण तय हुनेछ । यस खेलको विजेताले अन्तिम क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्