प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।
तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम अघिल्लो कार्यकालमा ओली आफैंले स्थापना गरेका हुन् । उनले १५ जेठ २०७६ देखि अत्याधुनिक सुविधासहितको एक्सन रुम तयार गरेर सञ्चालनमा ल्याएका थिए । ६ असोज, २०७६ मा एक्सन रुममा करिब एक घण्टा बसेर उनले विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिएका थिए ।
तर, त्यसपछि उक्त एक्सन रुमको उपयोग गर्ने कार्ययोजना नबनाई बिदा भएका थिए । त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवा एक्सन रुम प्रयोगमै ल्याएनन् । करिब ४ वर्षभन्दा बढी समयसम्म एक्सन रुम प्रयोगमा नआउँदा त्यहाँ जोडिएका अधिकांश उपकरण बिग्रिएका थिए । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्सन रुमबारे चासो देखाएपछि मर्मत सम्भार गरिएको थियो । तर, नियमित प्रयोगमा आएको थिएन ।
प्रतिक्रिया दिनुहोस्