कमलपोखरी ग्याँस सिलिन्डर विस्फोटका गम्भिर घाइते सबैलाई कीर्तिपुर पठाइयो
काठमाडौं,२४ माघ । कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सबै ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको छ ।
घटनाका सबै घाइतेहरुलाई हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
सो घटनामा घाइते भएका कूल १४ घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य रहेको छ भने ३ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
आज बिहान पौने नौ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर पड्किएको थियो । सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् ।
कमलपोखरीका स्थानीयका अनुसार ठूलो आवाजका साथ विस्फोट भएलगत्तै प्रहरीका गाडी र एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए ।
प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्याएका थिए । तर पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस्