चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस शुरु

काठमाडौं,२४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो । हिजो बहस नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो ।

बिहिबार दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन् ।

सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसैले उनी बुधबार नै बयान दिन अदालत पुगेका थिए । बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।

आज जिल्ला न्यायाधिवक्ताहरु बारा जिल्लाबाट शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले क्रमशः बहस गर्नेछन् ।

प्रतिवादी रवि लामिछानेकोतर्फबाट बहसका लागि वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले गर्ने भएका छन् ।

आजै थुनछेक बहस सकिएमा न्यायाधीशले साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे निर्णय लिने छन् ।

प्रतिक्रिया दिनुहोस्