सिद्धार्थ प्रिमियर इन्सुरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं,२४ माघ । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले फागुन १५ गते एकतीसौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा, लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

इन्स्योरेन्सको सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते बुक क्लोज गर्ने भएको छ । फागुन १ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्