आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं,२४ माघ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.७३ प्रतिशतका दरले नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको माघ २३ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्