नागरिक लगानी कोषको नाफा सामान्य बढ्यो
काठमाडौं,२४ माघ । नागरिक लगानी कोषले चालु आ.व.को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रयमासको मसान्तसम्ममा कम्पनीले ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १५.७६ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १८७.३१ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी १२.४३ प्रतिशत बढेको छ भने कुल खर्च ६.१४ प्रतिशत बढेको छ ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपयाँ ३५ पैसा घटेर १९ रुपैयाँ २० पैसामा सीमित भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ १८ पैसा रहेको छ।
कोषको चुक्ता पूँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २८ अर्ब ७० करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्