कांग्रेसको संसदीय दलको बैठक सुरु

काठमाडौं, २४ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बैठक डाकिएको नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । यसअघि बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिसकेका छन् । उक्त बैठकमा अध्यादेशबारे जानकारी दिइएको थियो ।

आजको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका ६ वटाअध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्