प्रहरी प्रभाग साँखुमा १ महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौं, २३ माघ । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्