अमेरिकाले प्यालेस्टाइनी आउट गरेर गाजा क्षेत्र कब्जा गरी सेना राख्ने

काठमाडौं, २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी भूमि गाजापट्टी कब्जा गर्ने बताएका छन् । गाजालाई अमेरिकाले कब्जा गरेर सेना राख्न सक्ने पनि उनले बताएको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग संयुक्त पत्रकार सम्मेलनमा ह्वाइट हाउसमा बोल्दै ट्रम्पले गाजाबाट हटाइएका प्यालेस्टाइनीहरुको पुनर्वास गरिने बताएका छन् ।

ट्रम्प कार्यकालका दुई पक्षीय भ्रमण आएका प्रथम विदेशी सरकार प्रमुखको रूपमा पुगेका नेतान्याहुले ट्रम्पको मुद्दालाई सही भनेर साथ दिएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

यस अगाडि इजिप्टको मरुभूमिमा सार्ने प्रस्ताव यस अगाडि पनि आएको थियो । इजिप्टले त्यसलाई अस्वीकार गरेको थियो ।

ट्रम्पको मन्तव्यको कडा विरोध पनि सुरु भएको छ । प्यालेस्टाइनी पृष्ठभूमिकी अमेरिकी सांसद रासिदा तालिबले ट्रम्पको प्रस्तावलाई ‘जातीय नरसंहार’को उपमा दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्