मिथिला लघुवित्तको नाफामा आकर्षक वृद्दि

काठमाडौं,२३ माघ । मिथिला लघुवित्तले चालु आ.व.को दोस्रो त्रैमासससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तले ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १८१.२९ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो । कम्पनीको खुद ब्याज आम्दानी ६७.१६ प्रतिशतले बढेर ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा मिथिलाले ५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसको सञ्चालन नाफा ३६६.६६ प्रतिशतले बढेर ५ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेका थियो । यसको खराब कर्जा भने बढेर ४.४७ प्रतिशतबाट बढेर ४.८५ प्रतिशत पुगेको छ ।

लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड ४७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १९९.३८ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्