रवि लामिछाने गएराति नै चितवन पुगे
काठमाडौं, २३ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गएराति नै चितवन पुगेका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा पूरक अभियोजन दर्ता भएपछि लामिछाने मंगलबार राति ११ बजे चितवन पुगेका उनी आज जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा लामिछानेमाथि ठगी कसुरमा मात्र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको अभियोग लगाइएको छ ।मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ मा ‘कसैले ठगी गर्न वा गराउन हुँदैन’ भनिएको छ ।
उपदफा २ मा ‘उपदफा ९१०को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाइ, झुक्याइ वा अन्य कुनै किसिमले धोका दिइ कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा
पूरक अभियोगपत्रमा अनुसन्धान प्रतिवेदन साथ प्राप्त सक्कल मिसिल संलग्न आधार प्रमाणहरूको विश्लेषणबाट रवि लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको ठहर गरी दफा २४९ को उपदफा ३ ९ग० बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्