नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारण सभा

काठमाडौं,२२ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३८ औं साधारण सभा बोलाएको छ । सभा फागुन १५ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहान १० बजे बोलाएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने छ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका एजेण्डा रहेका छन् । सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव छैन ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि १५ माघसम्म लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्