सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने

काठमाडौं,२२ माघ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सको सञ्चालक समितिका माघ २१ गते बसेकोे बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्