ट्रम्पले भन्सार महसुल वृद्धि गरेकोमा रिपब्लिकन सिनेटरकै विरोध
काठमाडौं, २१ माघ । क्यानडा, मेक्सिको र चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको रिपब्लिकन पार्टीकै सिनेटरले विरोध गरेका छन्।
केन्टुकीका सिनेटर ८३ वर्षीय मिचि मिककनेलले छिमेकी र व्यापार साझेदार मुलुकहरूको वस्तु आयातमा भन्सार महसुल दर बढाउने ट्रम्पको नीतिको आलोचना गरेका हुन्।
ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत भन्सार महसुल लगाएका छन्।
किन सहयोगी मुलुकहरूसँग व्यापार युद्ध गर्नुपर्यो? यसको मूल्य त अमेरिकी नागरिकहरूले नै त चुकाउनुपर्ने हो, मिककनेलले भनेका छन्।
ट्रम्पको नीतिको आलोचना गर्ने तीन रिपब्लिकनमध्येका उनी एक हुन्।
यसअघि ट्रम्पले रक्षामन्त्री सिफारिस गरेका पेट हेगसेथलाई सिनेटबाट अनुमोदन गराउन भएको मतदानमा मिककनेलसहित तीन जनाले विपक्षमा मतदान गरेका थिए।
अहिले भन्सार बढाउने विषयमा पनि उनले ट्रम्पको आलोचना गरेका हुन्।






















प्रतिक्रिया दिनुहोस्