माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरको विषय टुङ्ग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरी पालिकामा पठाउने तयारी माओवादीको रहेको छ ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले माघ २ गते नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । तर अध्यक्ष प्रचण्डसहित नेताहरूको कार्यव्यस्तता देखाउँदै बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

आजको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेरका साथै ३२ वर्ष उमेर हदका कारण अवकाशप्राप्त विद्यार्थी नेताहरूलाई समेत जिम्मेवारी दिने विषयमा छलफल हुने सचिव दीनानाथ शर्माले जानकारी दिए । आजको बैठकले पूर्व–पश्चिम राजमार्ग तथा मध्य पहाडी पुष्पलाल मार्गमा हुने अभियानको पनि खाका तयार गर्ने उनले बताए । आजको बैठक नेताहरुलार्ई कार्यविभाजनको भूकिामा केन्द्रित हुने भएकाले अन्य राजनीतिक एजेण्डामा छलफल नहुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्