खेलबाट प्रतिवन्धित डेभिड वार्नर फेरी क्लबबाट खेल्ने भएका छन्
काठमाडौ । गत मार्च महिनामा दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेटका वेलामा बल टेम्पिरिङ गरेको अभियोगमा क्रिकेट अस्ट्रेलियाले उपकप्तान वार्नरसहित कप्तान स्टेभन स्मिथलाई एक वर्षको प्रतिवन्ध लगाएको थियो त्यस्तै क्यामरुन बेनक्राफ्टलाई पनि ९ महिनाको प्रतिबन्ध लगाएको थियो ।
जसमा एक वर्षको प्रतिबन्ध भोगिरहेका उपकप्तान डेभिड वार्नरले क्लब क्रिकेटमा फर्किएका छन् । वार्नरले सिड्नीको रान्डविक पिटरसाम क्बलबाट खेल्ने भएका छन् ।
अस्ट्रेलियाको विभिन्न संघ संस्था तथा निकायहरुले आग्रह गरेपछि उनीहरुलाई क्लब क्रिकेटमा खेल्ने अनुमति मिलेको हो । अव उनले एक वर्षको लागि प्रतिवन्ध भएपनि क्लवमा भने खेल्न पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्