अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

काठमाडौं,२० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवारदेखि चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ह्वाइट हाउसले हालको कर बाहेक १० प्रतिशत थप कर चीनबाट हुने सबै आयातमा लागू गरिएको बताएको छ । कार्यकारी आदेशअनुसार संयुक्त राज्य अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा पनि २५ प्रतिशत कर लगाएको छ । क्यानडाबाट आउने ऊर्जा उत्पादनहरूको लागि प्रशासनले १० प्रतिशत शुल्क लगाएको छ ।

पछिल्लो अमेरिकी व्यापार संरक्षणवादी उपायको घरेलु र अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्