एनआइसी एसिया लघुवित्तको खुद नाफा बढ्यो
काठमाडौं,२० माघ । एनआइसी एसिया लघुवित्तले दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेको छ । प्रकाशित प्रतिवेदन अनुसार आ.व. को दोस्रो त्रैमाससम्म लघुवित्तको खुद नाफा बढेको छ । यसअवधिमा यसको खुद नाफा २८१.०१ प्रतिशतले बढेर ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी भने १६.१८ प्रतिशतले घटेर ३३ करोड ४७ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घट्दा पनि यसको इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा यसको खुद नाफा बढेको हो । यसअवधिमा ५ करोड ८९ लाख ३९ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज फिर्ता भएको छ ।
त्यसैगरि, चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको यस संस्थाको प्रतिसेयर आम्दानी ४८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा छ । यस अवधिसम्म आइपुग्दा संस्थाको खराब कर्जा १३.३७ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्