कांग्रेस युवा नेता एवम् समाजसेवी रामप्रसाद न्यौपाने युएईमा सम्मानित, अझ जिम्मेवार र उर्जा थपेको छ: न्यौपाने

युएई/काठमाडौं । युवा राजनीतिज्ञ, सामाजिक अभियान्ता तथा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का ईकाई सभापति रामप्रसाद न्यौपाने सम्मानित भएका छन ।

शैली मिडिया नेटवर्क प्रालिद्वारा आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित एक समारोहकाबीच अन्तर्राष्ट्रिय समाजसेवी सम्मानबाट युएई सरकारका बरिष्ठ अघिकृत वालिद अल हसनको प्रमुख अतितथ्यतामा  नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान र एनआरएन दुबईका अध्यक्ष विकास शाहीले न्यौपानेलाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

राजनीतिक एवम् सामाजिक चेतका धनी न्यौपाने देशलाई आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध भई समाज रुपान्तरण र समाजिक पूँजी निर्माणको कार्यमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै समाजिक जन-चेतनामूलक कार्यहरु, धर्म संस्कृति र रितिरिवाजको जगेर्ना, प्राकृतिक विपत्ती तथा प्रकोपहरुमा मानवीय सहायता गर्दै बिगत लामो समयदेखि सामुदायिक सेवा केन्द्रमा आवद्ध रहेर समाजमा शान्ति सुरक्षा कायम गर्ने लगाएतका महत्त्वपूर्ण योगदान स्वरुप उनको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।

सम्मानित व्यतित्व न्यौपानेले यस किसिमको सम्मानबाट समाज र देशप्रति अझ इमान्दार भई सेवा गर्ने प्रेरणा र उर्जा थपेको बताए । काम गर्ने शिलशिलामा विभिन्न कठिनाईका वाबजुद समाज र मुलुकको विकास तथा समृद्धिको यात्रालाई अघि बढाउन आफुले सक्दो प्रयास गरेको बताउँदै यस्तो सम्मानले अझ जिम्मेवार बनाएको उल्लेख गरे ।

उक्त अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष राम चन्द्र पोखरेलले एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा विभिन्न व्यक्तिहरुलाई उच्च मुल्यांकन गर्दै सम्पान गरिएको गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्