कञ्चनपुर, कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिए

काठमाडौं, १९ माघ। सुदुपश्चिमको कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।

भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपीं) उमेशराज जोशीले शनिबार पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।

कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ । थप अनुन्धानका लागि प्रहरीले विभिन्न का्णबाट अनुन्धान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्