प्रतिनिधिसभा बैठक सुरु हुँदै गर्दा रास्वपाको अवरोध

काठमाडौं, १८ माघ । संघिय संसदको प्रतिनिधिसभाको अधिवशनको बैठक सुरु भएको छ । लामो समयपश्चात संसदको हिउँदे अधिवेशन सुरु हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो । यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो नलिम्बन फुकुवाको माग गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सो विषय उठाएको थियो । उक्त विषयबारे ध्यानाकर्षण गर्दै सभामुख घिमिरेले निरन्तर संसद् अवरोध नगर्न आग्रह गरिरहेका छन् ।

तर, रास्वपा सांसदहरूले बैठक अवरोध गरिरहेका छन् । उनीहरूले बैठकको सुरुमै आफूहरूले धारणा राख्नुपर्ने माग राखिरहेका छन् ।

‘आज हामीले दलीय आधारमा समय निर्धारण गरेर दलको प्रतिनिधिको हिसाबमा विचार राख्ने कार्यसूची बनाएका छौं,’ सभामुख घिमिरेले भने, ‘सोही कार्यसूचीलाई मानिदिनुहुन अनुरोध गर्दछु ।’

राष्टिसभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सांसदलाई आ(आफ्नो सिटमा बस्नका लागि आदेश दिएका छन् ।

पटक(पटक बस्न आग्रह गरे पनि नबसेपछि उनले बस्नका लागि आदेश दिएका हुन् ।

यद्यपी सभामुखको आदेशपछि पनि रास्वपाका सांसद आ(आफ्नो सिटमा उभिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्