गणपति लघुवित्तको दोस्रो त्रैमासमा नाफा बढ्यो
काठमाडौं,१८ माघ । गणपति लघुवित्तले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार चालु आ.व.को दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा १४.९७ प्रतिशतले बढेर १ करोड २३ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तले यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढेर ७ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, संस्थाको सञ्चालन नाफा १४.९७ प्रतिशतले बढेर १ करोड ७६ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ १२ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्