तराईका धेरै स्थानहरुमा हुस्सु कुहिरो, सतर्कता अपनाउन विभागको अनुरोध

काठमाडौं, १८ माघ । आज बिहान पनि तराईका धेरै स्थानहरुमा हुस्सु कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लागे पनि बाँकी भू-भागमा मौसम सफा छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य मात्रै प्रभाव छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागले शनिबार बिहान पनि तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । यस चिसो भएकाले यसबाट बच्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्