माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै
काठमाडौ, १७ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीले जनाएकोछ ।
बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनबारे छलफल हुने छ । माओवादी केन्द्र संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशनमा सांसदहरुको प्रस्तुति र उठाउने एजेण्डाबारे जानकारी गराउने छन् ।
नेकपा माओवादी केन्द्रले संसदको अधिवेशन ढिलो बोलाएर विभिन्न अध्यादेश जारी गरेको भन्दै सरकारको आलोचना गर्दै आएको छ । आजेको बैठक महत्वपूर्ण र अर्थ राख्ने खालको हुनेछ । किनकी संसद अधिवेशनमा सांसदहरुको प्रस्तुति र उठाउने एजेण्डा कस्तो हुन्ज्छ भन्ने सबैको चासो छ ।
प्रतिक्रिया दिनुहोस्