समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने

काठमाडौं, १६ माघ । सत्ता बाहिर रहेका केहि दलहरुको मोर्चा समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ ।

बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने निर्णय गरेको मोर्चाका का सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘माघ २४ गते काठमाडौंमा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ,’ उनले भने । त्यस्तै, चैतको पहिलो हप्तासम्ममा मधेशमा जनसभा आयोजना गर्ने निर्णय समेत भएको उनले जानकनारी दिए ।

आजको बैठकमा हिजो मंगलबार काठमाडौंमा आयोजना गरिएको समाजवादी मोर्चाको सभाबारे पनि समीक्षा भएको उनले बताए । नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ । यसले बिपक्षी मोर्चालाई सक्रिया बनान र संसदमा पनि बलियो उपस्थितिका लागि मोर्चाले मुख्इ भूमिका खेल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्