आईएमई लाईफ इन्स्योरेन्सको खुद नाफा बढ्यो

काठमाडौं,१६ माघ । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा इन्स्योरेन्सले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१२ प्रतिशतले बढेको हो । गतवर्षको यसै अवधिमा २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमा शुल्क १७.२२ प्रतिशत र कुल आम्दानी १८.५४ प्रतिशत बढेको छ । इन्स्योरेन्सको कुल खर्च १८.९७ प्रतिशतले बढेर दुई अर्ब ८७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७१ पैसा कायम छ । समिक्षा अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५५ गुणा छ ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विपत्ती कोषमा २१ करोड ७५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा एक अर्ब ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा ४८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्