उन्नति सहकार्य लघुवित्तको दोस्रो त्रैमासको नाफामा सुधार
काठमाडौं,१६ माघ । उन्नति सहकार्य लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ लाख ८९ हजार रुपैयाँले बढेको हो । लघुवित्तको ब्याज आम्दानीसँगै इम्पेरिमेन्ट चार्ज घट्दा नाफा भएको हो । साथै, सञ्चालन मुनाफा ९१ लाख रुपैयाँ रहेको छ ।
यस अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ छ । लघुवित्तले २ करोड ९८ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्जमा व्यवस्था गरेको छ ।
त्यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ३७ पैसा कायम छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २९०.०६ गुणा छ र खराव कर्जा अनुपात ८.८३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्