कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

काठमाडौं, १५ माघ । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । सभामुख देवराज घिमिरेले बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ ।

संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । बैठकले १८ गतेदेखि स्ुरु हुने संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठक यही माई १८ गते बस्दैछ । उक्त बैठकको तयारीका लागि कार्यव्यवस्था समिति बस्न लागेको सचिवलयले जनाएको छ ।

यसअघि सभामुखले अधिवेशन तयारीका लागि १३ गते सत्तापक्ष र प्रतिपक्ष दलहरुका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । सोमबार बिहान प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्तरुपमा छलफल गरेका थिए । यसले सभामुखे संसदलाई गतिशिल बनाउन छलफललाई तिबैता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्