सत्ता पक्ष दलको बैठक आह्वान, साँझ ५ बजे बालुवाटारमा बस्ने
काठमााडौं १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्ष दलको बैठक आह्वान गरेको छ । आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल गर्नका लागि सत्ता पक्षका राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले सो बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुने संभावना रहेको छ ।
सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
यहि माघ १८ गतेदेदि हिउँदे अधिवेशन सुरु हुँदैछ । यो बैठकले सरकार संसदमा कसरुी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्