कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै
काठमाडौं, १४ माघ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो एक बजे संघीय संसदको लोहोत्से हलमा बस्न लागेको हो ।
बैठकमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको काम र प्रभावकारिताबारे सांसदले आफ्ना धारणा राख्नेछन् । त्यसपछि मन्त्रीहरुले यो अवधिमा गरेका आफ्ना कार्य र सांसदका जिज्ञासामा जवाफ दिने कांग्रेसले जनाएको छ ।
केही दिनदेखि कांग्रेसको बैठक निरन्तर चलिरहेको छ । यसअघिका बैठकमा सभापति देउवाले सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का भएर लाग्ने निर्देशन दिएका थिए । त्यसका साथै सरकारमा पार्टीको उपस्थिति बलिय बनाउने निर्णय पिन कांग्रेसले गरेको थियो । यहि १८ गतेदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । संसदमो पार्टीको बलियो उपस्थितिका लागि काँग्रेस निरन्तर छलफलमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्