सभामुख घिमिरेद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
काठमाडौं, १३ माघ। यहि माघ १८ बाट संसदको हिउँदे अधिवेशन सुरु हुने भएकाले संघीयस संसदका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सभामुखको सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । बैठकमा माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।
कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।
आइतबार र सोमबार सत्तापक्ष र प्रतिपक्षका सचेतकहरूसँग छुट्टा छुट्टै छलफल गर्न लागेका सभामुख घिमिरेले सोमबार प्रमुख पाँच दलका सचेतकहरूसँग सामूहिक छलफल गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्