खिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि मतगणना जारी , कडा प्रतिष्पर्धा

काठमाडौं, १३ माघ। लामो कसरत पछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । शनिबार मध्यरातिसम्मको गणनामा अध्यक्षका उम्मेदवारद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा रहेको छ ।

हासम्म प्राप्त मतपरिणाम यसप्रकार रहेको छ ः

कोशी प्रदेशमा हेमन्त राईले ११६ मत पाउँदा विजय सापकोटाले ४९ मत पाएका छन् । उपदेश यादवले ३५ र सुदिन पौडेलले १८ मत पाएका छन् ।

मधेश प्रदेशमा उपदेश यादवले सबैभन्दा धेरै ३० मत पाएका छन् । विजय सापकोटा र हेमन्त राईले समान २०र२० मत पाएका छन् ।

बागमती प्रदेशमा विजयले ८७ मत पाउँदा उपेदशले ५१ मत पाएका छन् । हेमन्तले ४८ र सुदिनले १७ मत पाएका छन् ।

गण्डकी प्रदेशमा सुदिन पौडेलले ६१ मत पाउँदा विजय सापकोटाले ६० मत पाएका छन् । हेमन्तले ३९ र उपदेशले १५ मत पाएका छन् ।

लुम्बिनी प्रदेशमा सापकोटाले ८५ मत पाउँदा राईले ६६ मत पाएका छन् । अर्का प्रत्यासी सुदन पौडेलले २२ र उपदेश यादवले १० मत पाएका छन् ।

कर्णाली प्रदेशमा हेमन्त राईले ८२ मत पाउँदा विजय सापकोटाले ८० मत पाएका छन् । यसैगरी अर्का प्रत्यासी सुदिन पौडेलले ८ र उपदेश यादवले ५ मत पाएका छन् ।

सुदूरपश्चिममा विजय सापकोटाले ७२, हेमन्त राईले ५९, उपदेश यादवले २२ र सुदिन पौडेलले १६ मत पाएका छन् ।

विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी छ । यसले कासले विजयी प्राप्त गलौ भन्ने कुरा भन्न नसकिदैन

प्रतिक्रिया दिनुहोस्