अध्यादेशमा एकढिक्का भएर प्रस्तुत हुन सभापति देउवाको निर्देशन
काठमाडौं, १२ माघ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले र्पाीको सबैलाई सरकारले ल्याएका अध्यादेशका बारेमा आसन्न संसद्भित्र र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँगको छलफलको क्रममा कांग्रेस शीर्ष नेतृत्व बैठकले पार्टीलाई सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का रहेको सन्देश दिए सभापति देउवाले इसतो निर्देशन दिएको हो ।
संसद् छलेर एकपछि अर्को अध्यादेश ल्याएपछि कांग्रेसकै धेरै नेताले सरकारको आलोचना गरेका थिए । तर, शनिबारको बैठकले अध्यादेश वर्तमान सरकारको को बाध्यात्मक आवश्यकता रहेको स्पष्ट सन्देश दिन यस्तो निर्देशन गरे ।
बैठकमा सहभागी काँग्रेस प्रमुख सचेतक श्याम छिमिरले पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई सरकारले ल्याएका अध्यादेशका बारेमा आसन्न संसद्भित्र र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएको जानकारी दिए ।
‘सरकारले तत्काल गर्नुपर्ने सुधारको आवश्यकता महसुस गरेर केही अध्यादेश ल्याएको छ । अबको संसद् अधिवेशनमा ती अध्यादेशमाथिका छलफलमा एकढिक्का भएर प्रस्तुत हुन तथा बाहिर पनि एकढिक्का भएरै प्रस्तुत हुन पार्टी सभापतिले निर्देशन दिनुभयो,’ प्रमुखसचेतक घिमिरेले भने ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेशसहित सरकारका कामकारबाहीबारे जानकारी गराएका थिए । लामो समय आर्थिक क्षेत्र शिथिल रहेको अवस्था अन्त्य गर्दै चलायमान बनाउन तत्काल केही कानुन सुधार गर्नैपर्ने आवश्यकता रहेकाले सरकारले अध्यादेश ल्याएको गृहमन्त्री लेखकले बैठकमा जानकारी गराएको घिमिरले जानकारी दिए ।
प्रमुख सचेतक घिमिरेले बैठकमा संसद्मा प्रस्तुत हुने विधेयक, अध्यादेश तथा आउँदै गरेका विधेयकबारे गहन छलफल भएको बताए । उनका अनुसार छलफलमा कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि आआफ्ना मन्त्रालयका कार्यप्रगतिबारे जानकारी गराएका थिए । यसले पार्टीलाई एउटै श्वर भई बोल्न स्पष्ट बनाएको छ । पार्टीका आधिकारीता पनि बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्