सभापति रवि लामिछानेको बयान सकियो
काठमाडौं ९ माघ । स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रह्लाद कुमार योगीको इजालसमा लिइएको बयान सकिएको हो ।
सो मुद्दा बिहान अदालतले गरेको गोलाप्रर्थामा ५ नम्बर इजलासमा परेको थियो । जिल्ला अदालत रुपन्देही सूचना अधिकार अनन्त मरासिनीले बयान सकिएको बताए । उनले थुनछेक बहस भोलि हुने समेत जानकारी दिए ।
जिल्ला अदालत रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दामा परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारी पीडितले दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी यहाँ आएका हुन्। उनको बयान सकिएपनि आज छुनछेक वहस भने भो्ली मात्र हुनेछ ।
प्रतिक्रिया दिनुहोस्