मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश,रित्तो गाग्री प्रहरीले लियो

काठमाडौं, ८ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबार प्रवेश गरेका छन् । धरानमा पानीको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई अवगत गराउने उद्देश्यका साथ उनी केहीबेर अघि सिंहदरबारमा प्रवेश गरेको हुन् । उनले मंगलवार बिहान उहाँ रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा रित्तो गाग्री भने प्रहरीले खोसेको छ । साथै सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ ।

मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गरेका छन् । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौँ आएका थिए । तर, उनी सिंहदरबारमा गाग्रीसहित प्रवेश गर्न पाएनन् । खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताए । आज सिंहदरवारमा निगरानी र प्रहरी तैनाथ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्