एमाले सचिवालय बैठक आज बस्दै, गौतमको पार्टी जिम्मेवारी तोक्ने मुख्य एजेण्डा
काठमाडौं, ८ माघ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बेलुका चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए ।
सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेको विष्य पनि गहन छलफल हुने बताइएको छ । गैतमलाई कुन जिम्मेवारी दिने भन्ने बारेमा समेत छलफल हुनसक्ने नेताहरूले बताएका छन् । आजको बैठकले बामदेव गौतमको पार्टी जिम्मेवारी तोक्ने मुख्य एजेण्डा हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्