आईसीसी यू-१९ महिला टी-२० विश्वकपः बंगलादेशसँग नेपाल ५ विकेटले पराजीत
काठमाडौं, ५ माघ। आईसीसी यू-१९ महिला टी-२० विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बंगलादेशले ५ विकेटले हराएको हो ।
नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३।२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन् भने अफिया अशिमाले अविजित ९ रन बनाइन् । यसले गर्दा नेपाल बंगलादेशसँग पराजित भएको हो ।
नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक(एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाइन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १(१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग सोमबार खेल्ने छ । नेपालाई यो खेल प्रतिष्ठानको हुने छ ।
प्रतिक्रिया दिनुहोस्