युरोपा लिग फुटबलको उपाधि एथलेटिको मड्रिडले जित्यो

काठमाडौं । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले हात पारेको छ ।

गएराति भएको खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।

यसअघि एथलेटिको सन् २०१० र २०१२ मा च्याम्पियन बनेको थियो । लियोनमा भएको फाइनलमा एथलेटिकोका एन्टोनी ग्रिजमनले दुई गोल गरे ।

खेलको २१ औं मिनेटमा गावीको पासमा गोल गर्दै एन्टोनीले एथलेटिकोलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एथलेटिकोले ४९औं मिनेटमा दोस्रो गोल गर्‍यो ।यस पटक कोकेको पासमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गरे ।

८९औं मिनेटमा कोकेको पासमा गावीले गोल गरेपछि एथलेटिको मड्रिड च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्