गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ माघ ६ गते बाँडफाँट हुने

काठमाडौं,४ माघ । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ माघ ६ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

गार्डियन माइक्रोको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ६ हजार ८४८ जनाले कुल २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख २२ हजार ३४८ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्